images

२०८३ आश्विन १९ गते

images
images
images

‘बलिदान’ले सार्वजनिक गर्‍यो ६० फिट लामो पोस्टर

‘बलिदान’ले सार्वजनिक गर्‍यो ६० फिट लामो पोस्टर

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म प्रचार शैली फेरिन थालेका छन् । जसको जल्दो बल्दो उदाहरण फिल्म ‘बलिदान’को पोस्टरलाई हेर्न सकिन्छ । फिल्मले ६० फिट लामो पोस्टर सार्वजनिक गरेको छ । निर्माण युनिटले गोङ्गबुस्थित ल्होत्से मलको बाहिरी भागमा यो पोस्टर राख्दै सार्वजनिक गरेको हो । यसअघि फिल्म ‘नरसिंह ः अवतारले’ पनि यस्तै पोस्टर सार्वजनिक गरेको थियो । 

    images
    images

    ‘बलिदान’को सार्वजनिक पोस्टरमा रगतले लतपतिएका र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक मानव आकृतिमाथि भालाजस्तो देखिने धारिलो अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोशको भाव झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।

    निर्देशक सन्तोष सेनले ‘बलिदान’ एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताए । फिल्ममा गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले ‘बलिदान’ले फरक पहिचान कायम गर्ने उनको विश्वास छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend