images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • पोखरामा छात्रवृत्ति पारदर्शी बनाउन र भर्ना...

पोखरामा छात्रवृत्ति पारदर्शी बनाउन र भर्ना शुल्क लिनेलाई कारबाही गर्न नेविसंघको माग

पोखरामा छात्रवृत्ति पारदर्शी बनाउन र भर्ना शुल्क लिनेलाई कारबाही गर्न नेविसंघको माग

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले पोखराका विद्यालय तथा क्याम्पसहरूमा लिइने भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएको छ ।अध्यक्ष विपिन पौडेलले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरूबाट आएका गुनासोहरूलाई सम्बोधन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखासँग माग गरेका हुन् ।

    images
    images

    आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए शैक्षिक आन्दोलन गर्ने उको चेतावनी छ । पोखराका सम्पूर्ण शिक्षण संस्थाहरूले कुल विद्यार्थी संख्याको १० प्रतिशत जेहेन्दार तथा गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, एक पटक भर्ना भइसकेका विद्यार्थीसँग अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क लिन नपाइने र अतिरिक्त क्रियाकलापका नाममा कुनै पनि शुल्क उठाउन नहुने माग नेविसंघको छ ।

    यस्तै, सामुदायिक विद्यालयहरूमा संविधानप्रदत्त निःशुल्क शिक्षाको हक कार्यान्वयन गर्दै कक्षा १२ सम्म लिइँदै आएको भर्ना तथा मासिक शुल्क पूर्ण रूपमा बन्द गरिनुपर्ने माग राखिएको छ । 'हाम्रा मागहरू सम्बोधन नगरिए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रमहरू तय गरिनेछ र आवश्यक परे महानगरभित्रका विद्यालय बन्द समेत गरिनेछ', विज्ञप्तिमा भनिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend