images

२०८३ आश्विन १७ गते

images
images
images

एक वर्षमा ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत

एक वर्षमा ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमा कुल ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागको तथ्यांकअनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको अवधिमा ८४० वटा नयाँ उद्योगले वैदेशिक लगानीको स्वीकृति पाएका छन् ।

    images
    images

    विभागले ५० करोड रुपैयाँ सम्मको लगानीलाई ‘अटोमेटिक रुट’मार्फत, र सोभन्दा बढी लगानीलाई ‘म्यानुअल रुट’मार्फत उद्योग दर्ता गर्दै आएको छ। लगानीको परिमाणअनुसार सबैभन्दा बढी लगानी सेवा क्षेत्रमा केन्द्रित देखिएको छ — कुल स्वीकृत लगानीमध्ये ४८ प्रतिशत सेवा क्षेत्रका उद्योगमा गएका छन्। त्यसपछि पर्यटन क्षेत्रमा ४१ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ६ प्रतिशत, सूचना प्रविधिमा ३ प्रतिशत, र कृषि क्षेत्रमा २ प्रतिशत लगानी स्वीकृत गरिएको छ।

    तर, उद्योग संख्याको आधारमा हेर्दा भने सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै उद्योग दर्ता भएका छन्। यस अवधिमा ३८२ वटा सूचना प्रविधिमूलक कम्पनीहरूले वैदेशिक लगानी स्वीकृति पाएका छन्। त्यसपछि पर्यटन सँग सम्बन्धित ३०४ कम्पनी, उत्पादनमूलक क्षेत्रका ५५, कृषि क्षेत्रका १२, सेवा क्षेत्रका ८४, पूर्वाधार क्षेत्रका २ र ऊर्जा क्षेत्रमा १ कम्पनीले विदेशी लगानी भित्र्याएका छन्।उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र २ हजार २८५ जना विदेशी लगानीकर्ता व्यवसायिक भिसामा नेपाल आएका छन्। साथै, ४०८ जना कम्पनी प्रतिनिधि र ९१५ जना डिपेन्डेन्ट भिसामा नेपाल प्रवेश गरेका छन्।

    images
    images

    हालसम्म विभागले कुल ५ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति दिइसकेको छ। यस अन्तर्गत ७ हजार २३९ वटा उद्योग दर्ता भइसकेका छन्। ती उद्योगहरूले एक वर्षको अवधिमा मात्र रोयल्टी बापत ९ अर्ब ६१ करोड रुपैयाँ विदेशी कम्पनीहरूलाई तिरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend