images

२०८३ आश्विन १९ गते

images
images
images

मुस्ताङमा बढे आन्तरिक तथा बाह्य पर्यटक

मुस्ताङमा बढे आन्तरिक तथा बाह्य पर्यटक

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौँः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ। सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरू बढेका हुन्।

    images
    images

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१।८२ मा मुस्ताङमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी गरी कुल सात लाख पाँच हजार ७७९ पर्यटक आएका छन्। जुन अघिल्लो आव २०८०।८१ को तुलनामा ५५ दशमलव तीन प्रतिशत अर्थात दुई लाख ५१ हजार ४५३ ले बढी हो। आव २०८०।८१ मा मुस्ताङमा कुल चार लाख ५४ हजार ३२६ पर्यटक आएका थिए।  

    आव २०८१।८२ मा आन्तरिक तर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन्।  

    images
    images

    यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको जानकार बताउँछन्। हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तव्यका रूपमा अग्रपंक्तिमा पर्दछन्।  

    मुस्ताङका ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया पर्यटकीय गन्तव्यमा पर्छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend