images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • सोड नेपालद्वारा थाक्रे ८ स्थित श्री...

सोड नेपालद्वारा थाक्रे ८ स्थित श्री महांकालेश्वरी माध्यमिक विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण

सोड नेपालद्वारा थाक्रे ८ स्थित श्री महांकालेश्वरी माध्यमिक विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौँः थाक्रे, धादिङ,सोड नेपालको शिक्षा विकास कार्यक्रम अन्तरगत थाक्रे गाउँपालिका–८ स्थित श्री महांकालेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रियता बढाउने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गरियो।

    images
    images

    उक्त कार्यक्रममा गाउपालिकाका अध्यक्ष श्री राम कुमार आर्चाय, वडा नं ८ का वडा अध्यक्ष श्री प्रेम कुमार थापा, सोड नेपालका अध्यक्ष श्री ज्ञान प्रसाद श्रेष्ठ, महासचिव तथा साइबाबा अस्पतालका सञ्चालक अध्यक्ष श्री दयाराम कार्की लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीहरू हस्तान्तरण गरियो।

    कार्यक्रममा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। सोड नेपालले प्रदान गरेको सामग्रीले विद्यार्थीहरूको शैक्षिक प्रगति र खेलकुद क्षमताको समुचित विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास संस्थाले लिएको छ।

    images
    images

    विद्यालय प्रशासनले सोड नेपाल तथा सहभागी सबै महानुभाव प्रति आभार व्यक्त गर्दै यस्ता सहयोग कार्यक्रमले ग्रामीण शिक्षाको स्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend