images

२०८३ आश्विन १९ गते

images
images
images

फिल्म ‘सिटामोल’को गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

फिल्म ‘सिटामोल’को गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, बाबुल गिरी फिचर्ड छन्बाबुलको स्वर, संगीत रहेको गीतमा गोविन्द भट्टको गिरीको शब्द रचना छ । यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जालमा हिट भएपछि निर्माताले पूर्ण संस्करणको गीत ल्याएका हुन् ।

    images
    images

    गीतले दर्शकमाझ हाइप उच्च बनाउने विश्वास निर्माताको छ । निर्माता तथा निर्देशले फिल्ममार्फत बिम्बात्मकरुपमा नेपाल र नेपालीको जनजीवन र कुसंस्कारलाई चिरफारको प्रयास गरेका छन् ।फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । तुलसीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा फिल्म निर्माण गरेको हो । कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।

    सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोलकुमार कार्की र विकासराज जोशी निर्माताको रुपमा छन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend