images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द,...

एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द, आजै साँझ १ करोड जित्ने ग्राहकको घोषणा हुँदै

एनसेलको ‘सधैं अन करोडपति’ योजना बन्द, आजै साँझ १ करोड जित्ने ग्राहकको घोषणा हुँदै

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई नगद पुरस्कार दिने ‘सधैं अन करोडपति’ योजना बन्द गरेको छ । आज साउन १ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै यो योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैबाट लागु हुने गरी बन्द गरेको कम्पनीले जनाएको छ ।

    images
    images

    असार १ गतेबाट सञ्चालनमा ल्याईएको यो योजनामा हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख पाउँदै आएका थिए भने बम्पर पुरस्कारमा नगद पुरस्कारका रुपमा एक जनालाई रु १ करोड दिने घोषणा गरेको थियो । यो योजना पाँचौ हप्तामा चलिरहेको थियो ।

    “ग्राहकवर्गहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले सञ्चालन गरेको एनसेल ‘सधैं अन करोडपति’ योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैका मिति २०८२ श्रावण १ (जुलाई १७, २०२५)बाट लागु हुने गरी बन्द गरिएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गहरुको जानकारीको लागि सादर अनुरोध गर्दछौं । यसबाट ग्राहकवर्गहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं,” उक्त सूचनामा भनिएको छ ।

    images
    images

    प्राधिकरणको निर्देशन बमोजिम योजना बन्द गरेपनि एनसेलले एक जिम्मेवार संस्थाको रुपमा हिजोसम्म योजनामा सहभागी ग्राहकहरुको हितलाई ध्यानमा राख्दै आज साँझ बम्पर १ करोड नगद पुरस्कार विजेता १ जना र पाँचौ हप्ताको जनही १/१ लाख विजेता १० जना भाग्यशाली ग्राहकको घोषणा गर्ने भएको छ ।

    भाग्यशाली ग्राहकहरुको छनोट आज साँझ ५ बजेदेखि ६ बजेको बीचमा कान्तिपुर टिभी, एनसेल एप र एनसेलको यूट्युब च्यानलमार्फत गरिने एनसेलले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend