images

२०८३ आश्विन १९ गते

images
images
images

युट्युबमा रुचाइयो विजय अभिनीत ‘जनै हराएको मान्छे’को टिजर

युट्युबमा रुचाइयो विजय अभिनीत ‘जनै हराएको मान्छे’को टिजर

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक टिजरले छोटो समयमा १२ लाखभन्दा भ्युज पाएको छ। टिजर हेरेर दर्शकहरूले टिजरले मन छोएको भन्दै कमेन्ट गरिरहेका छन्। धेरैले विजय बरालको अभिनयको तारिफ गरेका छन्। धेरै युवाको पैसा कमाउने आकर्षक गन्तब्य बनेको कोरियोको कथा टिजरमा उठान गरेको मन पराएका छन्।

    images
    images

    जुन प्रतिक्रियाले निर्माण टिम उत्साहित छ। विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताए। दर्शकले सिनेमा मन पराउने गरी आफूहरूले कथादेखि मेहनत गरेको उनको दाबी छ। कतार, दुवै, मलेसियाका धेरै कथा आइरहेका बेला कोरियाको कथा आउँदा प्रतिक्रिया हेर्दा यसले पनि उत्साह दर्शका थपेको निर्देशक न्यौपानले बताउँछन् ।

    हिमाल न्यौपानेले निर्देशन रहेको यस फिल्ममा विजयसहित केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ। फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन्।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। यस फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend