images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आजदेखि २५ करोडसम्मको सेयर धितो...

आजदेखि २५ करोडसम्मको सेयर धितो कर्जा कार्यान्वयन हुने

आजदेखि २५ करोडसम्मको सेयर धितो कर्जा कार्यान्वयन हुने

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं। अब सेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। राष्ट्र बैंकले असार ३२ गते बुधबार एक परिपत्र जारी गर्दै आज साउन १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो।जसमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जाको हकमा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकिएको छ ।

    images
    images

    यो व्यवस्था सेयर धितोमा प्रवाह गरिने कर्जामध्ये ‘मार्जिन प्रकृति’का कर्जामा मात्र लागू हुनेछ। अन्य प्रयोजनका लागि लिइने सेयर धितो कर्जामा भने यस्ता सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यसअघि मौद्रिक नीतिमार्फत् एकल ग्राहक कर्जाको सीमा १० करोडबाट १५ करोड रुपैयाँमा पुर्‍याइएको थियो। तर, अब यो सीमा अझै बढाएर २५ करोड पुर्‍याइएको छ। राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा व्यक्तिका हकमा मात्र तोकेको हो। संस्थागत ऋणीहरूको हकमा भने यस्ता सीमा लागू हुने छैनन्।

    आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले शेयर बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले शेयर मैत्री नीति ल्याउने घोषणा गरेका थिए। त्यसअनुसार मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाउने निर्णय भएको हो।नयाँ निर्देशिकामा मौद्रिक नीतिमा उल्लेख गरिएअनुसार बैंकदरसमेत परिमार्जन गरिएको छ। यससँगै बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने कर्जाको ब्याजदर अर्थात् बैंकदर ६.० प्रतिशत कायम गरिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend