images

२०८३ आश्विन २४ गते

images
images
images

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।असार २४ देखि २७ गतेसम्म खुलेको यस कम्पनीको आईपीओ आज बुधबार बाँडफाँट भएको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक औपचारिक कार्यक्रमार्फत आईपीओ बाँडफाँट गरेको हो ।

    images
    images

    कुल १८ लाख ९५ हजार ३७६ आवेदन स्वीकृत भएको थियो । गोलाप्रथामार्फत ७७ हजार ३९७ जनाले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाएका हुन् । ७ लाख ७३ हजार ९७५ कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको थियो ।आईपीओको नतिजा सीडीएससीको अनलाइन आईपीओ रिजल्ट डट् सीडीससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।

    कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend