images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’ अफर,...

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’ अफर, ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’ अफर, ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ । ‘अफरको चट्याङ, छुटको बतास’ भन्ने नारासहित ल्याइएको यो अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअ‍ेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

    images
    images

    ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्रदान गरिनेछ ।

    मोबाइलमाण्डुका अनुसार फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअ‍ेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई #MonsoonDhamakaSale, #MobileMandu र #FlashSaleNepal प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।ग्राहकहरूले कम्पनीको वेवसाइटमार्फत छुट, गिभअ‍ेवे, र अन्य अफरहरूको लाभ लिन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend