काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्रदान गरेका हुन् ।
विद्युत प्राधकिरणमा तीन दशक विताएका तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा ऊर्जा विज्ञको रुपमा काम गरेका अधिकारी विद्युत व्यापार, कुटनीति र व्यवस्थापनको विषयका दक्ष व्यक्तिको रुपमा चिनिन्छ ।इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईज्यूले आफ्नो छोरी स्वर्गीय श्रीनिका गुरागाईको नाममा खडा गरेको कोषमार्फत प्रत्येक बर्ष ऊर्जा क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई एक लाख नगद राशीसहित सम्मान गरिदै आएको छ । गत बर्ष पूर्व ऊर्जा एवं अर्थ सचिव सुमन शर्मा सो सम्मानबाट सम्मानित भएका थिए ।
सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट इपान उर्जा ज्योती सम्मान २०८२ प्राप्त गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै आफ्नो बाँकी जीवन विद्युत् क्षेत्रको विकास र प्रवद्र्धनमा थप उत्साहित भई समर्पित भइरहने बताए ।




.gif)





