images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • यस्तो छ शिक्षक-विद्यालय कर्मचारीको सम्पत्ति विवरण...

यस्तो छ शिक्षक-विद्यालय कर्मचारीको सम्पत्ति विवरण फाराम

यस्तो छ शिक्षक-विद्यालय कर्मचारीको सम्पत्ति विवरण फाराम

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीले देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूलाई आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

    images
    images

    भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पदमा रहने व्यक्तिले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ।

    स्थायी शिक्षकले आफ्नो तथा परिवारको सम्पत्तिको विवरण राजपत्रमा तोकिएको ढाँचामा बुझाउनु पर्नेछ। करार, अनुदान कोटा शिक्षक, विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र सेवानिवृत्त शिक्षकले भने सम्बन्धित स्थानीय तहमा विवरण बुझाउनु पर्नेछ।

    images
    images

    यस्तो छ सम्पत्ति विवरण फाराम

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend