images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँ माथि...

काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँ माथि विभागीय कारबाही

काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँ माथि विभागीय कारबाही

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौँः सशस्त्र प्रहरी बलको नं १५ गण काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँ माथि विभागीय कारबाही गरिएको छ। सरुवा भएर जान लागेका एसपी प्रसाईलाई चितवनस्थित गढीमाई बाहिनीले सोमबार सल्लाह दिएको हो। 

    images
    images

    विपद्को बेलामा अत्यावश्यक बाहेक जनशक्तिलाई बिदा नदिने संगठनको नीति निर्देशन रहेपनि प्रसाईँले बढी जनशक्ति बिदामा छाडेको, भएका जनशक्तिलाई राम्रो सँग परिचालन नगरेको र मातहत कर्मचारीलाई दुर्व्यबहार गरेको समेत आरोपमा विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। 

    सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले पनि प्रसाईँलाई विभागीय कारबाही गरिएको पुष्टि गरे। 

    images
    images

    प्रसाईँलाई झापाको पाथीभरा जवान तालिम शिक्षालय सरुवा गरिसकिएको छ। उक्त तालिम शिक्षालयको प्रमुख एसएसपी हुन्छन्। केही दिनमै गणको बरबुजारथ गरेर जाने तयारीमा रहेका उनलाई चार दिन पहिले नै बाहिनीले तानेको हो। काभ्रेको गणपतिमा भने एसपी माधव रेग्मीलाई सरुवा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend