images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले दिए...

गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले दिए सामूहिक राजीनामा

गौशाला नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले दिए सामूहिक राजीनामा

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् । मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३१ वटै विद्यालयका प्रधानाध्यापकहरूले एकै पटक राजीनामा बुझाएका हुन् । साउन १ गतेदेखि लागु हुने गरी राजीनामा दिइएको उनीहरूको राजीनामा पत्रमा उल्लेख छ । 

    images
    images

    आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अति आवश्यक रकमहरू निकासा नगर्दा विद्यालय सञ्चालन गर्न सकस भएको उनीहरूले बताएका छन् । जसका कारण बाध्य भएपछि राजीनामा दिनुपरेको एक प्रधानाध्यापकले जानकारी दिए । दिवा खाजा, पाठ्यपुस्तक, नन स्यालरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकमसमेत अति न्यून निकासा भएको र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिनुपरेको सामूहिक राजीनामा पत्रमा उल्लेख गरिएको छ । उनीहरूले नगरपालिकाको प्रधानाध्यापकहरूको बैठकमा भएका निर्णयहरू पनि राजीनामासँगै बुझाएका छन् ।

    2patra

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend