images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • ट्रेड टावरको आईपीओ नेप्सेमा सूचिकृत, भोलिबाट...

ट्रेड टावरको आईपीओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबारमा आउने

ट्रेड टावरको आईपीओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबारमा आउने

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ट्रेड टावरको आईपीओ सूचिकृत भएको छ । आज मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर समेत गरी जम्मा ८१ लाख ५६ हजार ९७ कित्ता आईपीओ सूचीकृत भएको हो ।

    images
    images

    यो सूचिकृत सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतममा ३६९ रुपैयाँ २७ पैसा ओपनिङ रेन्ज तोकेको छ ।  कम्पनीलाई नेप्सेले ‘टीटीएल’ कारोबार संकेत प्रदान गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend