images

२०८३ आश्विन २० गते

images
images
images

केराको मूल्य बढ्यो, प्रतिदर्जनको कति?

केराको मूल्य बढ्यो, प्रतिदर्जनको कति?

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बजारमा केराको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटी बजारमा मंगलबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम एक सय ४० रूपैयाँमा बिक्री भइरहेको छ।

    images
    images

    अघिल्लो दिनको तुलनामा यो प्रतिदर्जन पाँच रूपैयाँ महँगो हो।सोमबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय २५ देखि अधिकतम एक सय ३५ रूपैयाँमा बिक्री भइरहेको थियो। आपूर्तिका आधारमा केराको मूल्य घटबढ हुन्छ। बजारमा मागअनुसारको केरा आपूर्ति नभएकाले मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

    अहिले बजारमा जी–९ तथा मालभोग जातका केरा आइरहेका छन्। जी–९ को तुलनामा मालभोग केराको कोसा सानो हुने भएकाले मूल्य सस्तो समेत हुन्छ। केरामा फाइबर, भिटामिन, मिनरल्स लगायतका पौष्टिक तत्व पाइन्छ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend