काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ घटेको हो ।आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो १९ रुपैयाँ घटेको छ ।
सोमबार हरियो धनियाँ प्रतिकिलो २४४ रुपैयाँमा कारोबार भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।पाँच दिनअघि हरियो धनियाँ प्रतिकिलो ३०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै असार पहिलो साता हरियो धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो ।




.gif)



