images

२०८३ आश्विन १७ गते

images
images
images

ऊर्जा संकटकाल घोषणा गर्न माग

ऊर्जा संकटकाल घोषणा गर्न माग

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । जलविद्युत् विकासका निम्ति ऊर्जा संकटकाल घोषणा गर्न निजी क्षेत्रले माग गरेको छ । १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने भए ऊर्जा संकटकाल लगाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।मंगलबार (असार ३१) राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)को २३औँ वार्षिक साधारणसभामा अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको एक मात्र क्षेत्र जलविद्युत् भएको बताए । यसनिम्ति सरकार गम्भीर हुनुपर्ने उनले उल्लेख गरे ।

    images
    images

    कार्कीले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान, अवसर, चुनौती र समाधानका उपाय प्रस्तुत गर्दै सरकारसँग ठोस पहलको माग गरे । उनले निजी क्षेत्रको सक्रियताले मुलुक लोडसेडिङमुक्त बनेको स्मरण गरे । जलविद्युतु विकासलाई रोकिरहेका कानुनी, संरचनात्मक र नीतिगत अवरोध हटाउन तत्काल ऊर्जा संकटकाल घोषणा गर्नुपर्ने उनले धारणा राखे ।

    उनका अनुसार, हाल देशको विद्युत् उत्पादन ३६ सय मेगावाटजति छ । तर, अध्ययनानुसार नेपालको कुल जलविद्युत् उत्पादन क्षमता दुई लाख मेगावाटभन्दा बढी रहेको उनले बताए । हाल उत्पादित विद्युत्को ८१ प्रतिशत निजी क्षेत्रबाट छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend