images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं वार्षिक...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असार ३० गते सोमबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

    images
    images

    सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।यसैगरी सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

    सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गरहेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ ।कम्पनीले सूचना प्रविधिमा लगानी अभिवृृद्धि गर्दै बीमितलाई  अनलाइन पोलिसी जारी गर्ने व्यवस्था मिलाउने कम्पनीको भावी योजना रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend