images

२०८३ आश्विन १६ गते

images
images
images

पहिरो र लेदोका कारण बीपी राजमार्ग अवरुद्ध

पहिरो र लेदोका कारण बीपी राजमार्ग अवरुद्ध

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • रामेछाप। लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बीपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ ।राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–११ माम्तीस्थित सडक खण्डमा आएको भेल बाढीले कटान गर्दै सडक पूर्णरूपमा बन्द गराएको छ। त्यस्तै, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको छ। बिरुवाडाँडामा समेत खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । जेसिभी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

    वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशीखोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । अस्थायी रुपमा सञ्चालन भएको सडकमा बारम्बार समस्या आएको छ ।सडक अवरुद्ध हुँदा रामेछाप, सिन्धुली लगायत पूर्वी नेपाल आउजाउ गर्ने सवारी साधन रोकिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend