images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • एसईईमा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि...

एसईईमा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन हुँदै

एसईईमा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन हुँदै

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) ले एक महिने विशेष अनलाइन कक्षा सञ्चालन गर्न लागेको छ।‘एसईई एनएनटीए’ नाम दिइएको यो कार्यक्रम असार ३० गतेदेखि साउन २८ गतेसम्म सञ्चालन हुनेछ। कक्षा सञ्चालनको औपचारिक सुरुवात आज बेलुका ८ बजेबाट हुनेछ।

    images
    images

    अनलाइन माध्यमबाट सञ्चालन हुने कक्षामा गणित, विज्ञान, अंग्रेजी र सामाजिक अध्ययन विषयमा अभ्यास गराइनेछ। कक्षा नि:शुल्क प्रदान गरिने भएकाले आर्थिक अभावका कारण गुणस्तरीय अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने सोच रहेकाे संगठनले जनाएकाे छ।

    संगठनले अभिभावक र विद्यालयहरूलाई विद्यार्थीलाई जानकारी गराई सहभागी गराउन आग्रह गरेको छ। शिक्षामा सार्वजनिक लगानी बढाउनु पर्ने मागसहित अन्तर्राष्ट्रियस्तरमा सञ्चालित ‘सार्वजनिक शिक्षाका लागि अघि बढ’ अभियानसँगै यो कार्यक्रम पनि जोडिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend