images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • हिस्टुनद्वारा शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग...

हिस्टुनद्वारा शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै आन्दोलन घोषणा

हिस्टुनद्वारा शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै आन्दोलन घोषणा

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं ।  माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।हिस्टुनले केन्द्रीय कार्यसमितिको विस्तारित बैठकबाट यस्तो निर्णय भएको जनाएको छ । विद्यालय शिक्षामा काम गर्ने अस्थायी प्रकृतिका सबैखाले शिक्षक कर्मचारीहरूसँग समन्वय÷ सहकार्य गरी पेशागत सुरक्षा र भविष्यको ग्यारेन्टी हुन तत्काल सरकारलाई दबावमूलक आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको हो ।

    images
    images

    हिस्टुनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको शिक्षा विधेयक– २०८० संसदमा टेबल हुँदा शिक्षकहरूसँग पूर्ववत सरकारले गरेका सहमतिहरू कार्यान्वयन÷ सम्बोधन नभई पेशागत असुरक्षाको अवस्था सिर्जना हुने देखिएमा देशभरबाट उक्त विधेयकलाई खारेज गर्दै केन्द्र लगायत सबै जिल्लाहरूमा विरोधका कार्यक्रमहरू स्वस्फुर्त रुपमा आयोजना गर्ने साथै साविक उच्च मावि तहमा मावि द्वितीय श्रेणीमा रही लामो समयदेखि कार्यरत शिक्षकहरुलाई तृतीय श्रेणीमा घटुवा गरी सीमित प्रतिस्पर्धामा लग्ने लगायतका प्रावधानहरू राखिएमा संगठनले न्यायका लागि अदालतमा मुद्दा दायर गर्ने र सो प्रयोजनका लागि संगठनका केन्द्रीय अध्यक्ष आफूलाई संगठनको तर्फबाट सम्पूर्ण काम गर्न अख्तियारी दिने निर्णय भएको जानकारी गराए ।वैठकपछि जारी विज्ञप्तिमा यी दुईसहित ६ वटा बुँंदाहरुमा निर्णय भएको आइतबार सार्वजनिक गरिएको छ । 

    संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरूमा समितिका माननीयहरूबाट समेत शिक्षकहरूप्रति अनादर हुने अभिव्यक्तिहरु दिने साथै जनतालाई शिक्षकहरूको आवाज विरुद्ध उठ्न भड्काउने समेत काम हुन थालेकोमा त्यसप्रति खेद व्यक्त गर्दै सिंगो सरकार र सम्पूर्ण सरोकारवालाहरुलाई नेपालको संवैधानिक प्रावधान अनुसार नेपालको विद्यालय शिक्षा (कक्षा १ देखि १२ सम्म) जनताको मौलिक हक साथै निशुल्क भएको तर यस दिशामा राज्य असफल रहेको अवस्थामा विद्यालय शिक्षामा काम गर्न अपुग शिक्षक दरबन्दी (तत्काल ५० हजार भन्दा बढी शिक्षकहरूको नयाँ पद सिर्जना गरिनुपर्ने) कायम गरी नयाँ पुस्तालाई रोजगारी र शिक्षामा अवसर दिलाइनुपर्ने निर्णय छ । 

    images
    images

    त्यसका लागि हिस्टुनले यस शैक्षिक वर्षबाट कक्षा ११ र १२ मा देशभर सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकहरुलाई विद्यालयलाई कुनै पनि शुल्क नतिर्न आह्वान गर्दै विभिन्न कार्यक्रम मार्फत दबाब सिर्जना गर्ने कार्यक्रम छ ।शिक्षकहरूको पेशागत अधिकार र भविष्यका पक्षमा सबै सरोकारवालासम्म लविइङलाई निरन्तरता दिँदै अन्तरक्रिया साथै पत्रकार सम्मेलन लगायतका थप कार्यक्रमहरू सार्वजनिक गर्न र त्यसका लागि आवश्यक सबै काम गर्न कार्यालयलाई जिम्मा दिने निर्णय सार्वजनिक गरिएको हिस्टुनले जानकारी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend