गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड’ को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे इसुइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक तथा वित्तीय संस्था एनपीएस–एनसीएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्ने छ । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबार राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ ।उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबार लागत घटाउने, डाटा लोकलाइजेस सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरण विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।




.gif)





