images

२०८३ आश्विन २५ गते

images
images
images

११ महिनामा वाणिज्य बैंकहरूले कमाए ५३ अर्ब ९७ करोड नाफा

११ महिनामा वाणिज्य बैंकहरूले कमाए ५३ अर्ब ९७ करोड नाफा

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं।  चालु आर्थिक वर्षको ११ महिना ९जेठ मसान्तसम्म० मा वाणिज्य वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । एक महिनाको अवधिमा बैंक हरूको नाफा ६ अर्ब १७ करोड ८७ लाख रुपैयाँले बढेको हो । वैशाखमा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

    images
    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार गत वर्ष यस अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४.९७ प्रतिशतले घटेको छ।यस अवधिमा नाफा कमाउने वाणिज्य बैंकहरुमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

    समीक्षा अवधिमा नबिल बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिमा ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिमा ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।यस्तै, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ९० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    images
    images

    यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब २१ करोड २० लाख रुपैयाँ र सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन्। समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड ५६ लाख रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।समीक्षा अवधिसम्म नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड १४ लाख रुपैयाँ, हिमालयन बैंकले ९० करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ८२ करोड ५७ लाख रुपैयाँ र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। 

    नाफा वृद्धिको हिसाबले भने नेपाल बैंक अगाडि रहेको छ। यस बैंकले समीक्षा अवधिमा नेपाल बैंकले ३ अर्ब ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा १८.५९ प्रतिशतले बढी हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend