images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • गुल्मीको कालिगण्डकी करिडोर फेरि पनि पूर्णरूपमा...

गुल्मीको कालिगण्डकी करिडोर फेरि पनि पूर्णरूपमा अवरुद्ध

गुल्मीको कालिगण्डकी करिडोर फेरि पनि पूर्णरूपमा अवरुद्ध

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ। आज आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर-६ बर्लवा तथा वडानम्बर-१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन्।

    images
    images

    अधिकारीका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको छ ।  सडक अवरुद्ध भएको  कारण यात्रु र स्थानीयवासी प्रभावित भएका छन्।बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ। 

    कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ। अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend