images

२०८३ आश्विन १६ गते

images
images
images

९ महिनामा गण्डकी मेडिकल कलेजले गर्‍यो १ अर्ब १३ करोडको कारोबार

९ महिनामा गण्डकी मेडिकल कलेजले गर्‍यो १ अर्ब १३ करोडको कारोबार

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब १३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको हो ।

    images
    images

    कम्पनीले सन् २०२४ मा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीकाअनुसार सन् २०२४ मा १० प्रतिशतले व्यापार बढेको उल्लेख गरेको छ ।कास्की जिल्लामा रहेको रिसर्च सेन्टर सन् २००७ मा स्थापना भएको थियो । टिचिङ हस्पिटलले एमबीबीएस, बीडीएस, नर्सिङ, बीएनएस, बीएससी एमएलटी, बीपीएच, बी फर्मा प्रोग्राम र पोस्ट ग्रज्युड प्रोग्रामजस्ता कोर्सको सुविधा दिँदै आएको छ ।

    कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ५ सय ५० शैय्याको सुविधाका साथ सेवा दिँदै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend