images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको १० वर्षे अवधिको ऋणपत्र...

सिद्धार्थ बैंकको १० वर्षे अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला

सिद्धार्थ बैंकको १० वर्षे अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले आइतबार ‘एसबिएल डिवेञ्चर २०९१’ को सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले बिक्री खुल्ला गरेको ऋणपत्र १० वर्ष अवधिको वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहेको छ ।

    images
    images

    बैंकले निष्कासन गरेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने जनाएको छ । त्यसबाहेक बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

    लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको यस ऋणपत्रमा असार ३२ गते आवेदन दिन सकिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend