images

२०८३ आश्विन १९ गते

images
images
images

आज बजेट ल्याउँदै काठमाडौं महानगरपालिका

आज बजेट ल्याउँदै काठमाडौं महानगरपालिका

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछ । शुक्रबार बसेको ४०औं नगरकार्यपालिका बैठकले आइतबार लागि नगरसभाको मिति तय गरेको थियो । त्यसअघि शुक्रबार नै बसेको राजश्व परामर्श समितिले बजेट सीमा निर्धारण गरेको थियो । 

    images
    images

    महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा शुक्रबार बसेको समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्बको बजेटको सीमा निर्धारण गरेको हो । जनचाहना अनुरूप विकासका कार्य गर्नेगरी पूर्वाधार विकासमा बजेट थप गर्न मेयर शाहले निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ । 

    नगरसभा बैठकमा प्रमुख शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छन् । महानगरभित्रको विवादले लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन भने बजेट पनि अन्योलमा परेको थियो । संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र आफ्नो वार्षिक नीति तथा कार्यक्रममा बजेट पेस गरिसक्नुपर्छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend