images

२०८३ आश्विन १७ गते

images
images
images

त्रिवि शिक्षण अस्पतालमा थप १५ शय्या सहितको आकस्मिक कक्ष

त्रिवि शिक्षण अस्पतालमा थप १५ शय्या सहितको आकस्मिक कक्ष

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौँः त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधा सहित सेवा सञ्चालनमा ल्याएको छ ।

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्या सहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधि सहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे । त्यस अवसरमा उनले शिक्षण अस्पतालको यस पहलले स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि थप योगदान गर्ने विश्वास व्यक्त गरे ।

    मन्त्री पौडेलले भने “थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुनेछ । आगामी दिनमा सेवा विस्तार र अस्पतालको आधुनिकीकरण प्रयासमा मन्त्रालयको सहयोग रहनेछ ।”अस्पतालका निर्देशक प्रा डा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महङ्गो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताए ।

    images
    images

    बिरामीको सङ्ख्या अधिक हुने भए पनि आकस्मिक कक्षमा शय्या अभाव हुँदा एकै ‘बेड’मा दुई जना सम्म भर्ना गर्नुपर्ने अवस्था रहेकामा अब उक्त समस्या समाधानमा पनि योगदान पुग्ने उनको भनाइ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend