images

२०८३ आश्विन १७ गते

images
images
images

त्रि वि शिक्षण अस्पताललाई ९ करोड लागतको भवन हस्तान्तरणः भाटभटेनी सुपरमार्केट्स

त्रि वि शिक्षण अस्पताललाई ९ करोड लागतको भवन हस्तान्तरणः भाटभटेनी सुपरमार्केट्स

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • त्रि वि शिक्षण अस्पताललाई ९ करोड लागतको भवन हस्तान्तरणःभाटभटेनी सुपरमार्केट्स
    काठमाडौँः भाटभटेनी सुपरमार्केट्सले आफ्ना संस्थापक स्वर्गीय वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि शिक्षण अस्पताल) महाराजगञ्जमा निर्माण गरेको ९ करोड लागतको भवन हस्तान्तरण गर्ने भएको छ।

    images
    images

    यस अवसरमा ‘भाटभटेनी परिवार’ ले सांस्कृतिक विविधता झल्काउने विभिन्न भेषभूषा सहित पैदल यात्रा गर्ने कार्यक्रम तय गरेको छ।

    यात्रा भाटभटेनी सुपरमार्केट्स टंगालबाट असार ३० गते बिहान ९ बजे सुरु भइ त्रिवि शिक्षण अस्पताल सम्म पुग्नेछ।

    images
    images

    भवन हस्तान्तरण समारोह असार ३० गते बिहान १०ः०० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुनेछ।

    उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्वारा जारी सूचनामा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend