images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • त्रिभुवन विमानस्थलमा खादा र पहिचान झल्किने...

त्रिभुवन विमानस्थलमा खादा र पहिचान झल्किने पोसाक लगाउन रोक

त्रिभुवन विमानस्थलमा खादा र पहिचान झल्किने पोसाक लगाउन रोक

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जानकारी दिएको छ ।

    images
    images

    यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने जानकारी दिएको छ। उक्त वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयको भनाइ रहेको छ।

    कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको हो । कार्यालयले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेको छ । नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend