images

२०८३ आश्विन १७ गते

images
images
images

असारमामात्रै सुदूरपश्चिममा नौ अर्ब १० करोड खर्च

असारमामात्रै सुदूरपश्चिममा नौ अर्ब १० करोड खर्च

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो ।

    images
    images

    यस आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड (७०.५० प्रतिशत) बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जसमा पुँजीगत खर्च १२ अर्ब ४७ करोड (६६.५० प्रतिशत), चालु खर्च नौ अर्ब ८० करोड (७६.८१ प्रतिशत) रहेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले गोरखापत्रलाई जानकारी दिनुभयो ।

    कुल ३१ अर्ब ५३ करोड ६६ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत जेठ मसान्तसम्म १३ अर्ब १८ करोड रुपियाँ बजेट खर्चेको थियो । असार २५ गतेमात्रै एकैदिन दुई अर्बभन्दा बढी रकम भुक्तानी भएको जोशीले बताउनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend