images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • इष्टर्न सहारा कम्पनीले आईपीओका लागि पायो...

इष्टर्न सहारा कम्पनीले आईपीओका लागि पायो 'डबल बी' रेटिङ

इष्टर्न सहारा कम्पनीले आईपीओका लागि पायो 'डबल बी' रेटिङ

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। लगानी कम्पनी इष्टर्न सहारा कम्पनी लिमिटेडले प्रस्तावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि डब्बल बी रेटिङ पाएको छ।रेटिङ एजेन्सी, केयर रेटिङ्ग नेपालबाट इष्टर्न सहाराले प्रस्तावित साधारण शेयर निष्काशनका लागि यस्तो रेटिङ पाएको हो। यस्तो रेटिङ प्रापक सेयर जारीकर्ता कम्पनीले वित्तीय दायीत्वहरू समयमै पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम निहित हुन्छ।

    images
    images

    इष्टर्न सहाराले ३० करोड रूपैयाँ चुक्ता पूँजी जुटाउनका लागि प्रति कित्ता रू १०० अंकित मूल्यमा ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ।सेयर निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ।

    चालू आर्थिक वर्ष २०८१।८२ को चैत्र मसान्तसम्ममा कुल १ अर्ब १० करोड ८० लाख रूपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीले गत चैत्र मसान्तसम्ममा कुल १ अर्ब २ करोड ८० लाख रूपैयाँ लगानी गरिसकेको छ।कम्पनीले हरित कर्जामा जोड दिंदै जलविद्युत, कृषी पर्यटन, लघुवित्त, सवारीसाधन र सौर्य उर्जा परियोजनामा लगानी गर्दै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend