images

२०८३ आश्विन १८ गते

images
images
images

पहिरोले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध, यात्रु अलपत्र

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • वालिङ । स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे–हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ । गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुङ्गासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिए ।

    images
    images

    पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् । वर्षा भइरहेको र सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ । सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए।

    सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ–ढिकीडाँडा–तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिए । भुम्रे–हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । 

    images
    images

    दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे–हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारिसाधन सञ्चालन हुने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend