रुपन्देही । वर्षापछि आएको पहिरोले हिजोदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।स्थानीय महेन्द्र पाण्डेका अनुसार ढुंगासहितको पहिरो खसेर हिजोदेखि यो राजमार्ग अवरुद्ध भएको थियो ।अहिले एकतर्फी खुले पनि जोखिम भने कायमै रहेकोले विशेष सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । यो सडक खण्ड राति परेको वर्षाका कारण ठूला ढुंगासहितको पहिरोले आज बिहानैदेखि अवरुद्ध भएको थियो ।
सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी, सिद्धबाबा सुरुङमार्ग आयोजना र सडक डिभिजनको डोजरले पहिरो पन्छाएर सडक खुलाइएको छ । राजमार्गको अन्य स्थानमासमेत पहिरो खसेर सडक एकतर्फी छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरो पन्छाइएको हो । पहिरो पन्छाएपछि सडकमा सवारी साधन गन्तव्यतर्फ पठाइएको छ । राजमार्ग बन्द हुँदा उत्तर–दक्षिण चल्ने राजमार्गका सबै सवारीसाधन रोकिएका थिए ।अहिले यहाँ रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । मङ्गलवार पहिरो खसेर मोटरसाइकल बगाउँदा रामपुर नगरपालिका वडा नं ६ तालपोखराका जनक भण्डारीको मृत्यु भएको थियो भने उनकी श्रीमती कल्पना गम्भीर घाइते भएकी थिइन् ।




.gif)





