images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • चार्जिङ स्टेसन पूर्वाधार बनाउन प्राधिकरणले दियो...

चार्जिङ स्टेसन पूर्वाधार बनाउन प्राधिकरणले दियो १ करोड थप बजेट

चार्जिङ स्टेसन पूर्वाधार बनाउन प्राधिकरणले दियो १ करोड थप बजेट

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसनको लागि आवश्यक पूर्वाधार निर्माण गर्न ७ स्टेसनलाई थप बजेट वितरण गरेको जनाएको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सातवटा स्टेसनलाई थप १ करोड ८१ हजार रुपैयाँ बजेट छुट्याएको बताएका हुन्। 

    images
    images

    यसअनुसार जोरपाटी डीसीएसको पाँचपोखरी सुनौलो यातायात प्रालिलाई १० लाख ६ हजार, जोरपाटी डीसीएसको निलो माइक्रो यातायात समिति प्रालिलाई १४ लाख ८१ हजार, सुर्खेत डीसीएसको मा शक्ति ट्रेडलिंक इको चार्ज ईभी चार्जिङ स्टेसन, ओम साइ फास्ट चार्जिङ सेन्टरलाई २८ लाख १९ हजार थप बजेट दिइएको छ। 

    त्यसैगरी गुल्मी डीसीएसको मैत्री यातायात प्रालि स्टेसनलाई १३ लाख ७१ हजार, भोजपुर डीसीएसको जय वजरंग किराना पसललाई १० लाख १८ हजार, इटहरी डीसीएसको रितेश्वर चार्जिङ सेन्टरलाई ९ लाख ९१ हजार र जोरपाटी डीसीएसको इन्द्रायणी भल्बु यातायात प्रालिलाई १३ लाख ९५ हजार रुपैयाँ थप बजेट दिइएको हो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend