images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • एक वर्षको अवधिमा ५४३.०९ अंकले बढ्यो...

एक वर्षको अवधिमा ५४३.०९ अंकले बढ्यो नेप्से

एक वर्षको अवधिमा ५४३.०९ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौँ। २०८१ जेठ मसान्तमा २११२.३० रहेको नेप्से सूचकांक २०८२ जेठ मसान्तमा २६५५.३९ कायम भएको छ। एक वर्ष अवधिमा नेप्से सूचकांक ५४३.०९ अंकले बढेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८२ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब चार करोड रुपैयाँ कायम भएको छ।२०८१ जेठ मसान्तमा बजार पुँजीकरण ३३ अर्ब ४९ अर्ब ४८ करोड थियो।

    images
    images

    २०८२ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र ८ अन्य समूहका छन्। २०८१ जेठमा सूचीकृत कम्पनीको संख्या २७० थियो।प्रतिवेदनअनुसार सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.१ प्रतिशत छ।

    त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत छ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत आठ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य ८६७ अर्ब २९ करोड रुपैयाँ छ।आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण सेयर, १२ अर्ब १५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, एक अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र तीन अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सैयर गरी कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

    images
    images

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड, आठ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिबेन्चर र दुई अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल ३९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend