images

२०८३ आश्विन १८ गते

images
images
images

ल्हेन्दे खोला बाढी : धुन्चे–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध

ल्हेन्दे खोला बाढी : धुन्चे–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • रसुवा। चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले मङ्गलबार बिहान रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा भीषण बाढी आएको छ । बाढीले नेपाल–चीन सीमामा रहेको महत्त्वपूर्ण मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण दुई देशबिचको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।बाढीले रसुवागढीस्थित ईभी चार्जिङ स्टेशनमा ठुलो क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरण अनुसार, करिब ७ देखि ८ वटा विद्युतीय गाडी बगाएका छन् । त्यस्तै, रसुवा भन्सार कार्यालयको यार्ड र रसुवागढी जलविद्युत आयोजनाको ड्याममा समेत व्यापक क्षति पुगेको छ ।

    images
    images

    यसैगरी, उक्त बाढीपछिको उद्धार कार्यमा संलग्न रहँदै आएका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन हुनुभएको छ ।हालसम्म प्राप्त विवरण अनुसार तीन जना सुरक्षाकर्मी, नौ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता रहेका छन् ।

    बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालको नेतृत्वमा २० जनाको टोली, ईलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमाण्डमा २८ जना, साथै अन्य प्रहरी चौकी तथा अस्थायी पोष्टबाट खटिएका टोलीसहित जम्मा ९४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    images
    images

    यसबीचमा, एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र सात जना स्थानीय गरी नौ जनाको सकुशल उद्धार गरिएको छ । गोसाइकुण्ड–५ को पासाङल्हामु राजमार्गअन्तर्गतको धुन्चे–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू र स्थानीय तहको समन्वयमा उद्धार कार्यलाई तीव्र पारिएको जनाइएको छ । हाल घटनास्थलमा खोज तथा उद्धार प्रयास अविरल रूपमा जारी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend