images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • आजदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ...

आजदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

आजदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । सर्वसाधारणका लागि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि खुलेको छ ।पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो ।

    images
    images

    कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

    कम्पनीले अंकित मूल्य १ सयका दरले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर मात्रै आम सर्वसाधारणका लागि खुल्ने छ ।

    images
    images

    सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ । यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend