images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • वैदेशिक रोजगारीमा गएकालाई सेयर भर्न चार...

वैदेशिक रोजगारीमा गएकालाई सेयर भर्न चार दिनको समय

वैदेशिक रोजगारीमा गएकालाई सेयर भर्न चार दिनको समय

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • वैदेशिक रोजगारीमा गएकाले अब सेयर (आइपीओ) भर्न चार दिनको मात्रै समय पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले धितोपत्र बाँडफाँट निर्देशीका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  

    images
    images

    यसअघि वैदेशिक रोजगारीमा रहेकाले सेयरमा आवेदन दिन १५ दिनको अवधि पाइरहेका थिए। तर, वैदेशीक रोजगारीमा जानेको लागि निष्कासन गरिएको सेयर चार दिन भित्र पूर्ण बिक्री नभएमा भने कम्पनीहरूले थप केही दिन सेयर बिक्री गर्न सक्नेछन्।

     यसरी समय थप्दा कम्पनीहरूले अधिकतम नौ दिन थपेर बिक्री खुला राखिराख्न पाउने भएका छन्।  यो व्यवस्थापछि अब सर्वसाधारणले समेत छिटो आइपिओ भर्न पाउँनेछन्। वैदेशिक रोजगारीमा गएका र स्थानीयलाई सेयर जारी गरेपछि मात्रै अन्य सर्वसाधारणका लागि बिक्री खुला हुने गरेको छ। वैदेशीक रोजगारीमा रहेकाहरूलाई कम्पनीहरूले जारी गर्न लागेको सेयरको १० प्रतिशत सेयर छुट्याउनु पर्ने व्यवस्था छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend