images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • बैंकहरूलाई अग्राधिकार सेयर बिक्री गर्ने बाटो...

बैंकहरूलाई अग्राधिकार सेयर बिक्री गर्ने बाटो खुल्यो

बैंकहरूलाई अग्राधिकार सेयर बिक्री गर्ने बाटो खुल्यो

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल धिताेपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो । 

    images
    images

    यसअघि बैंकहरूलाई डिबेञ्चर जारी गर्ने बाटो मात्रै खुला थियो । त्यसले सहायक पुँजीकोषको काम गर्ने भए पनि बैंकहरू प्राथमिक पुँजीकोषमा कमजोर रहँदै आएका थिए । यसलाई समाधान गर्न बैंकहरूलाई हकप्रद सेयर वा एफपीओ जारी गर्नुपर्ने अवस्था थियो ।यहाँ अभिमोच्य सेयर भन्नाले एक पटक जारी गरिएको शेयर डिबेञ्चरजस्तो फिर्ता नभई शेयरजस्तै फिर्ता नहुने खालको समाचारलाई जनाउँछ । त्यस्तै, असञ्चित असञ्चिति सेयर भन्नाले कुनै वर्ष बैंकले लाभांश दिन नसक्ने अवस्था भएमा अर्को वर्ष जोडेर दिनु नपर्ने अवस्थालाई जनाउँछ । 

    निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्कासनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछ जनाइएको छ । यसको मूल्य १०० रुपैयाँ कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend