images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • श्रीलङ्कामा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट...

श्रीलङ्कामा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट शुरू

श्रीलङ्कामा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट शुरू

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा श्रीलङ्कामा शुरू भएको छ । भूटान र बङ्गलादेशपछि श्रीलङ्का स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा शुरू गर्ने दक्षिण एशियाको तेस्रो देश बनेको छ ।

    images
    images

    स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा श्रीलङ्कामा स्टारलिङ्कको सेवा शुरू भएको बताउनुभएको छ । यसैबीच स्टारलिङ्कले चाँडै भारतमा पनि सेवा शुरू गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतको दूरसञ्चार विभागले स्टारलिङ्कलाई सेवा शुरू गर्न अनुमति दिएको छ ।

    केही समयअघि भारतका ठूला टेलिकम कम्पनीहरू भारतीय एअरटेल र रिलायन्स जियोले स्टारलिङ्कसँग सहकार्यसम्बन्धी समझदारी भएको जानकारी दिएका थिए । भारतमा स्टारलिङ्क सेवा शुरू भएमा ग्रामीण क्षेत्रका सर्वसाधारणले उच्चगुणस्तरको इन्टरनेट पहुँच पाउने विश्वास छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend