images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • गर्जाङ उपत्यका हाइड्रोले १० करोड बराबरको...

गर्जाङ उपत्यका हाइड्रोले १० करोड बराबरको आईपीओ जारी गर्ने

गर्जाङ उपत्यका हाइड्रोले १० करोड बराबरको आईपीओ जारी गर्ने

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ (सार्वजनिक निष्कासन) गर्ने भएको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

    images
    images

    बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा गर्जाङ उपत्यका हाइड्रो पावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर, प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणलाई बिक्री गर्नेछ।

    गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति कम्पनी हो । यो कम्पनी विसं २०७० चैत २४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा छ । जुन आयोजनाले विसं २०७४ मंसिर २८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी सकेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend