images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमा पोलिसि त्याग्नेको संख्या करिब ११...

बीमा पोलिसि त्याग्नेको संख्या करिब ११ प्रतिशतले बढ्यो

बीमा पोलिसि त्याग्नेको संख्या करिब ११ प्रतिशतले बढ्यो

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले सरेण्डर गर्नेको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा १०.९७ प्रतिशतले पोलिसी सरेण्डर गर्नेको संख्या बढेको छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्मको अवधिमा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएका छ । गत आर्थिक वर्षको सोही अवधिमा भने जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब २० करोड ३३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो । 

    पछिल्लो समय जीवन बीमा कम्पनीहरुका लागि पोलिसी सरेण्डर टाउको दुखाइको विषय बन्दै गइरहेको छ । आर्थिक संकुचनका कारणले पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको बीमा क्षेत्रका जानकारहरुले बताउने गरेका छन् । बीमा बापतको रकम तिर्न नसक्ने र त्याग गर्दा आउने रकमले घर व्यवहार समेत चलाउनु पर्ने अवस्था देखिएको छ ।

    images
    images

    प्राधिकरणका अनुसार ११ महिनाको अवसिधम्म बीमा कम्पनीहरुबाट ९८ हजार ४१ वटा पोलिसी सरेण्डर भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १.९७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १ लाख १२ वटा पोलिसी त्याग भएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend