images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सन नेपाल लाइफको अवितरित हकप्रद सेयर...

सन नेपाल लाइफको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा

सन नेपाल लाइफको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद सेयर आज असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।कम्पनीले आफ्ना सेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ।

    images
    images

    यो सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।यस सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिँदा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ।

    लगानीकर्ताले असार ३० गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। यस्तै, काठमाडौं ठमेलस्थित धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयका साथै सन नेपाल लाइफका काठमाडौंको पुतलीसडक, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा पनि खरिद आवेदन पेस गर्न सक्नेछन् ।कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आफ्ना सेयरधनीहरुलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend