images

२०८३ आश्विन २५ गते

images
images
images
  • शेयर
  • अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे...

अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल

अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। आज असार २२ गते यी दुवै कम्पनीबीच उक्त सम्झौता भएको हो । 

    images
    images

    सम्झौता कार्यक्रममा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक विर बहादुर घलेले हस्ताक्षर गरेका हुन्।

    सम्झौतापश्चात अब अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरूको विवरण अद्यावधिक गर्ने लगायत सम्पूर्ण सेयर रजिष्ट्रार सेवाहरू माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत प्रदान हुनेछन्।

    images
    images

    माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend