images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर बजार २.४० अंकले बढ्यो,...

सेयर बजार २.४० अंकले बढ्यो, ९ अर्ब ५० करोडको कारोबार

सेयर बजार २.४० अंकले बढ्यो, ९ अर्ब ५० करोडको कारोबार

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो ।आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो ।

    images
    images

    अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो । त्यस्तै फाइनान्स २.४९ प्रतिशत बढ्यो । बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढे ।विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशत घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढ्यो ।

    ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशत घट्यो । सिन्धु विकासको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य घट्यो ।धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend