images

२०८३ आश्विन २० गते

images
images
images

केराको मूल्य बढ्यो,प्रति दर्जन कति ?

केराको मूल्य बढ्यो,प्रति दर्जन कति ?

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बजारमा केराको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटी बजारमा आइतबार केरा प्रति दर्जन थोक मूल्य न्यूनतम एक सय ३५ देखि अधिकतम एक सय ४५ रूपैयाँमा बिक्री भइरहेको छ।

    images
    images

    एक साताअघिको तुलनामा यो प्रति दर्जन पाँच रूपैयाँ महँगो हो।गत साता आइतबार कालीमाटी बजारमा केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम एक सय ४० रूपैयाँमा बिक्री भइरहेको थियो।

    आपूर्तिका आधारमा केराको मूल्य घटबढ हुन्छ। बजारमा मागअनुसारको केरा आपूर्ति नभएकाले मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।अहिले बजारमा जी–९ तथा मालभोग जातका केरा आइरहेका छन्। 

    images
    images

    जी–९ को तुलनामा मालभोग केराको कोसा सानो हुने भएकाले मूल्य सस्तो समेत हुन्छ। केरामा फाइबर, भिटामिन, मिनरल्स लगायतका पौष्टिक तत्व पाइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend