images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयद्वारा ...

विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयद्वारा १० अर्ब ऋण स्वीकृत

विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयद्वारा १० अर्ब ऋण स्वीकृत

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन सरकारले स्वीकृति दिएको छ । विद्युत् प्राधिकरणका अनुसार अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्तावलाई बुधवार स्वीकृत गरेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रस्तावलाई स्वीकृत गरेको बताए । उनले अर्थ मन्त्रालयले ऋण लिन स्वीकृति गरेको प्रस्ताव ऊर्जा मन्त्रालयले पनि स्वीकृत गरेको राटोपाटीलाई जानकारी दिए । 

    images
    images

    उनले भने– ‘अर्थ मन्त्रालयबाट प्राधिकरणको प्रस्ताव अनुसार सर्टटम लोनको स्वीकृति दिएको छ । ऊर्जा मन्त्रालयले छलफल गरेर पनि स्वीकृत गरिसकेको छ । मन्त्रालयले स्वीकृत गरेको पत्र आउन बाँकी छ । मन्त्रालयले स्वीकृत गरेर पत्र पठाएसँगै ऋण लिने प्रक्रिया अघि बढाउँछौँ ।’प्राधिकरणको नेतृत्वमा आएसँगै शाक्यले प्राधिकरणको स्वेतपत्र जारी गर्दै अल्पकालीन ऋण लिने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार अल्पकालीन ऋण लिनको लागि अर्थ मन्त्रालयको स्वीकृतका लागि प्राधिकरणले प्रस्ताव पठाएको थियो ।

    त्यसपछि शाक्यले हरेक कार्यक्रममा प्राधिकरणले आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि पर्याप्त रकम प्राधिकरणसँग नभएको बताउँदै आएका छन् । प्रसारण लाइन तथा ट्रान्समिसन थप गर्नको लागि लगानीको आवश्यक रहेको उनले धारणा राख्दै आएका छन् । शाक्यले जारी गरेको स्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ठेक्काको लागि ११ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख थियो । त्यसैले प्राधिकरणले भुक्तानीका लागि जगेडा पैसा नरहेको र त्यसका लागि १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो ।प्राधिकरणको कोषमा १० अर्ब १० करोड रकम रुपैयाँ रहेको छ । जसमा डलर/नेरू मुद्दती खातामा तीन अर्ब ६८ करोड र धरौटी खातामा तीन अर्ब ९५ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend